बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु
कैलाली । बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको शनिबार भीरबाट लडेर मृत्यु भएको हो।
शनिबार दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताइएको छ ।
किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन् । घटना बारे प्रहरीले अनुसन्धान गरिएको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया