ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छ : प्रहरी महानिरीक्षक कुँवर
फाइल तस्बिर
काठमाडौँ- नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडकमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भावको आवश्यकता रहेको बताएका छन् । आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् ।
उनले विभिन्न अध्ययनहरूले १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापन गर्दा ट्राफिक प्रहरीहरूको स्वास्थ्यमा जोखिम बढी देखिएको उल्लेख गरे । उनले जीवन जोखिममा राखेर काम गर्ने ट्राफिक प्रहरीलाई सर्वसाधारण जनता तथा सरोकारवालाहरूको सद्भाव सहयोग आवश्यक रहेको बताए ।
प्रहरी महानिरीक्षक कुँवरका अनुसार विभिन्न अध्ययनहरूले १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापन गर्दा ट्राफिक प्रहरीहरूको स्वास्थ्यमा जोखिम बढी देखिएको छ । जीवन जोखिममा राखेर काम गर्ने ट्राफिक प्रहरीलाई सर्वसाधारण जनता तथा सरोकारवालाहरूको सद्भाव सहयोग आवश्यक रहेको छ ।
सडक प्रयोगकर्ताहरूलाई कानुनी रूपमा ट्राफिक प्रहरीको जिम्मेवारी हद स्पष्ट पार्न नसकिएको प्रहरी महानिरीक्षक कुँवरकाे भनाइ छ । उनले सडकमा बस्ने ट्राफिक प्रहरीसँग नै सडकको समस्या र समाधान सर्वसाधारणले खोजिरहेको उल्लेख गरे । उनले सडक दुर्घटनाका कारक तत्वहरू पैल्याएर भरपर्दो तथ्याङ्क विश्लेषणसहित नियन्त्रणका उपायहरू लगाउन सकिएमा क्षति न्यूनीकरण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सकिने बताए । उनले प्रहरीले दुई वर्षको कार्ययोजनामा ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाई प्रणालीगत सुधार गर्ने लक्ष्य राखेको दाबी गरे ।
महानिरीक्षक कुँवरले बढ्दो शहरीकरण, बढ्दो जनघनत्वका कारण पूर्वाधार निर्माणको अभाव, यातायातका साधनको तीव्र वृद्धिका साथै मानवीय र वातावरणीय यान्त्रिकको संयोग नै सडक दुर्घटनाको कारक तत्व बनेको उल्लेख गरे । उनले आर्थिक वर्ष २०७९/०८० सम्ममा १८ लाख बढी सवारी साधन दर्ता भएको ती मध्ये १४ लाख सवारी साधन दैनिक काठमाडौँ उपत्यकामा गुड्ने गरेको बताए ।
उनले नेपाल प्रहरीमा काजमा अन्यन्त्र नपठाउने नीति भए पनि सडक पूर्वाधार यान्त्रिक पूर्वाधारको कमीका कारण ट्राफिक प्रहरी अपवाद बन्न पुगेको उल्लेख गरे । उनले काठमाडौँ उपत्यकामा १३१३ दरबन्दी रहेकोमा त्यो भन्दा ६३ प्रतिशत बढी १८२२ जना जनशक्ति परिचालन गरिएको दाबी गरे । उनले अझैं दैनिक १२ देखि १४ घण्टा ट्राफिक प्रहरी सडकमा उभिनुपर्ने बाध्यता रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया