स्रोत नखुलेको १० लाख रुपैयाँसहित काठमाडौँबाट भारतीय पक्राउ
काठमाडौँ- स्रोत नखुलेको १० लाख रुपैयाँसहित काठमाडौँ महानगरपालिका–२७ ज्याठाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ४० वर्षीय रुपेशकुमार गुप्ता रहेका जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ । प्रहरीले स्कुटर जाँच गर्ने क्रममा डिक्कीभित्र लुकाएर राखेको झोलामा १० लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।
स्कुटर चालक गुप्तालाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया