नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाकाे मृत्यु
मकवानपुर- मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाकाे मृत्यु भएको छ । पूर्व-पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ नारायणी पेट्रोल पम्प नजिक नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएकाे छ ।
प्रदेश प्रहरीका अनुसार सनाखत हुन नसकेको मागी खाँदै हिँड्ने ४५ वर्षीय एक पुरुषको सवारीकाे ठक्करबाट ज्यान गएको हो । ठक्करबाट गम्भीर घाइते ती पुरुषको उपचारका क्रममा हेटौंडा अस्पताल मृत्यु भएको हो । शव हेटौंडा अस्पतालमा राखिएको छ भने ठक्कर दिने सवारीको खोजी भइरहेको प्रदेश प्रहरीले जानकारी दिएकाे छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया