गलत बयान दिएको अभियोगमा मुद्दा दायर
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा गलत बयान दिएको अभियोगमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका बस्ने ज्ञानहरि लामाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रतिवादी योगेन्द्र ढुङ्गेलविरुद्धको मुद्दामा सरकारी साक्षीका रूपमा रहेका लामाले गलत बकपत्र गरेको पाइएपछि आयोगले रु एक लाख ५० हजार बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । त्यस्तै आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँका नायबसुब्बा प्रमोद पाण्डे प्रतिवादी रहेको एक भ्रष्टाचारसम्बन्धी मुद्दामा पनि गलत बयान दिएको पाइएपछि आयोगले दैलेख नमौमुले गाउँपालिकाका देवबहादुर थापाविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
विशेष अदालतमा रहेको मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका थापाले गलत बयान दिएको आयोगको आरोप छ । आरोपीलाई कैद र रु ३० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया