रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौँ- रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका–३ मसुरियाका २२ वर्षीय जेसिबीका सहचालक अमृत चौधरीको मृत्यु भएको हो ।
रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देविराम भण्डारीका अनुसार जेसिबीको ब्रेक फेल भई सडक किनारमा पल्टिएको थियो । सोही जेसिबीले च्यापिएका चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
दाङदेखि रोल्पाको लिवाङतर्फ जाँदै गरेको इजी कन्स्ट्रक्सन प्रालि दाङको रा १ क ११८७ नम्बरको जेसिबी रोल्पा नगरपालिका– १ भदौरेस्थित लिवाङ सातदोबाटो खण्डमा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया