कञ्चनपुरमा भन्सार छली गरी ल्याएका पाँच लाख बढीका सामान बेवारिसे अवस्थामा बरामद
कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भिमदत्त नगरपालिका वडा न.११ भुजेलाबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका पाँच लाख पाँच हजार रुपैयाँ बराबरका सामान बेवारिसे अवस्थामा आइतबार साँझ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मोबाइल स्क्रिन कार्ड, मोबाइलका कभर, मोबाइल चार्ज, डाटा केबल, सोलार बल्ब, जुत्ता, सुट, साडी, पहिलो कपडा र चेक सर्ट लगायत विभिन्न किसिमका सामान बेवारिसे अवस्थामा फेला पारेको हाे ।
उक्त बेवारिसे समान भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरलाई सोमबार बुझाएको प्रहरीले जनाएकाे छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया