समाज

दाङमा डेंगी संक्रमणबाट शिक्षकको मृत्यु

इकागज |
असोज १५, २०८० सोमबार १८:४१ बजे

दाङ- डेंगी संक्रमणबाट दाङमा एक जनाको मृत्यु भएको छ । डेंगी संक्रमणबाट रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए ।

डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो । उनको उपचारकै क्रममा आज मृत्यु भएको हो ।


डाँगीले श्रीकृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएका थिए ।


Author

थप समाचार
x