जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ
बझाङ- बझाङमा जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् ।
मस्टा गाउँपालिका–१ कोटदेबलका ३८ वर्षीय डम्मर बोहरा पाँच वर्षपछि पक्राउ परेका हुन् । अदालतले २०७५ चैत ४ गते बोहरालाई जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय सुनाएको थियो ।
तर, उनी २०७५ चैत १२ गतेदेखि फरार थिए । प्रहरीले गत शुक्रबार मात्र उनलाई पक्राउ गरेर जिल्ला अदालत बझाङमा पेस गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया