नेपालगञ्जमा कर्फ्यु उल्लघंन गर्दै प्रदर्शन
बाँके - नेपालगञ्ज सहर तनावग्रस्त बनेको छ ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको भए पनि स्थिति नियन्त्रण बाहिर गएको छ ।
हिन्दु र मुस्लिम समुदायबीच अचानक तनाब बढे पछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको थियो तर चोक चोकमा कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शन भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ः०० बजे देखि लागू हुने गरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१०) ३० बमोजिम कर्फ्यु आदेश जारी गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको हो ।
अचानक दिउँसो देखी स्थिति असहज हुदैँ गए पछि जिल्ला प्रशासन कार्यालयले नेपालगन्ज नगर क्षेत्र पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासहितको चार किल्ला सीमा कर्फ्यु आदेश जारी गरेको हो । प्रशासनले सो क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस र्याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाइने गरी कर्फ्यु आदेश जारी गरेको हो ।
स्थानीय प्रशासनका अनुसार गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको ‘हिंसात्मक’ स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध र्याली आयोजना गरेको थियो भने आज मात्रै ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीको क्रममा दुवै पक्षबीचमा असहज स्थिति उत्पन्न हुन गएको थियो ।
नेपालगंज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन भए पछि कर्फ्यु लगाउनु परेको प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया