सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
कैलाली- सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको तलकोट केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको हो ।
सुदूरपश्चिमसहित पश्चिम नेपालका अन्य विभिन्न जिल्ला र छिमेकी देश भारतको उत्तराखण्डमा पनि भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया