समाज

भूकम्पले बझाङमा विद्यालय भवन र घरहरू भत्किए (तस्बिरहरू)

इकागज |
असोज १६, २०८० मंगलबार १६:१२ बजे

काठमाडौं–भूकम्पले बझाङमा विद्यालयको भवनसहित घरहरु भत्काएको छ । आज दिउँसो गएको भूकम्पले बझाङमा केही भवनहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको हो ।

बझाङमा आज दुई पटक भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पले चैनपुर बजारकासमेत घरहरु भत्किएको त्यहाँका स्थानीयले बताएका छन् ।


बझाङमा आज गएको भूकम्पले घरहरु भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ। भूकम्पको केन्द्रबिन्दू तालकोट र चैनपुर बजारका अधिकांश घरमा क्षति पुगेको बताइएको छ।

पहिलो भूकम्प तालकोट गाउँपालिका र दोस्रो चैनपुर केन्द्रविन्दु भएर गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पले बाल विकास माविको भवन भत्काएको छ।  चैनपुर बारलगायत अन्य गाउँका घरसमेत भत्काएको छ ।

तस्बिरहरू : नरेन्द्र उपाध्यायकाे फेसबुकबाट
 


Author

थप समाचार
x