समाज

भूकम्पपछि बझाङमा एक महिलाले जन्माइन् अस्पतालको चौरमा बच्चा

इकागज |
असोज १६, २०८० मंगलबार १७:२१ बजे

कैलाली- भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराइएको छ ।

बझाङलाई नै केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको चिकित्सकले जानकारी दिएका छन् ।


जिल्ला अस्पताल बझाङका डाक्टर इन्द्र शाहका अनुसार तलकोट गाउँपालिका–१ गोथीचौरकी २० वर्षीया मनिषा ऐडीले ३ बजेर २५ मिनेटमा बच्चालाई जन्म दिएकी हुन् । नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनिषा र बच्चाको अवस्था सामान्य रहेको डाक्टर शाहले बताए ।

त्यस्तै भूकम्पमा परि केही मानिसहरू घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।


Author

थप समाचार
x