भन्सार छली गरी ल्याएका पाँच लाख ६६ हजार बराबरका सामान बेवारिसे अवस्थामा बरामद
कन्चनपुर- जिल्ला प्रहरी कार्यालय कन्चनपुरले भिमदत्त नगरपालिका वडा न.११ तिनताराबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका पाँच लाख ६६ हजार रुपैयाँ बराबरका सामान बेवारिसे अवस्थामा सोमबार राति बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार चप्पल, थान कपडा, तौलिया, बिडी, माला, धोती र सुट लगायत विभिन्न किसिमका सामान बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।
प्रहरी उक्त बेवारिसे समान भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरलाई मंगलबार बुझाएको जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया