मनिपाल प्रकरण : ८ दिनपछि उठ्यो सुकमायाको शव
पोखरा- पोखराको मणिपाल अस्पतालमा चिकित्सक कुटपिट प्रकरणको ८ दिनपछि मृतक सुकमाया दुराको शव उठाइएको छ । असाेज ८ गते लमजुङबाट उपचारका लागि मणिपाल अस्पताल ल्याइएकी सुकमायाकाे मृत्युपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो ।
पक्राउ परेका व्यक्तिहरूको रिहाइको माग गर्दै मृतकका आफन्तले विगत ८ दिनदेखि सुकमाया दुराको शव बुझेका थिएनन् । पक्राउ परेकाहरूको रिहाइका लागि प्रहरीले सहजीकरण गरिदिने बताएपछि मंगलबार बिहान शव उठाइएको हो । आफन्तले ८ दिनपछि अस्पतालबाट शव उठाएको एसपी मोहन थापाले जानकारी दिए ।
सुकमायाको मृत्यु अस्पतालका चिकित्सकमाथि कुटपिट तथा अस्पताल तोडफोड भएको थियो । सोही तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले सोही दिन बिनय गुरुङलाई पक्राउ गरेको थियो । त्यसपछि १२ असोजमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको थियो । सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरी प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनविपरीत काम गरेको कसुरमा मुद्दा अगाडि बढाएको छ । सोही आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई पनि पक्रेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया