बझाङमा भूकम्पले पुर्याएको क्षतिप्रति पूर्वराजा शाहले गरे दुःख व्यक्त
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बुधबार शाहको तर्फबाट संवाद सचिव फणी पाठकले एक विज्ञप्ति जारी गर्दै भूकम्पले सुदूर पश्चिमी क्षेत्रका विभिन्न जिल्लाहरूमा पुर्याएको क्षति र जनसाधारणमा परेको त्रासदीप्रति दुःख व्यक्त गरिएको हो ।
विज्ञप्तिमा लेखिएको छ, ‘ठूलो भूकम्पपछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पूर्ण सतर्कता आवश्यक रहेको हाम्रो धारणा छ । भूकम्पबाट घायल भएकाहरूको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निर्माणतर्फ तत्काल सम्बन्धित सबैको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’
बझाङमा मंगलबार बेलुका ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ भने ठूलो जनधनको क्षति भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया