समाज

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

इकागज |
असोज १७, २०८० बुधबार १४:३३ बजे

काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने ५१ वर्षीय गोकुल थापालाई प्रहरीले पक्राउ गरेको छ । 

बैंकिङ कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । 


उनलाई थप अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


Author

थप समाचार
x