नेपालगञ्जमा आज दिनभरका लागि हटाइयो कर्फ्यू
फाइल तस्बिर
काठमाडौँ- बाँकेको नेपालगञ्जमा जारी रहेको कर्फ्यू खुकुलो हुने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यू खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बेलुकी ८ देखि शुक्रबार बिहान ६ बजेसम्म पुन: कर्फ्यू लाग्नेछ।
बिहीबारका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका सभा बैठक वा प्रदर्शन गर्न, पोष्टर–पम्प्लेट टाँस्न र हुलदंगा वा अशान्ति मच्चाउने उद्देश्यले एकै ठाउँमा पाँचजनाभन्दा बढी जम्मा हुन नपाउनेगरी निषेधाज्ञा जारी गरिएको छ ।
जिल्लामा शान्ति सुरक्षा कायम गर्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सबैलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । मानव अधिकारको पालना र रक्षा गर्न पनि उनले सबैलाई आग्रह गरे ।
'सार्वजनिक स्थानमा हो-हल्ला नगर्न तथा अवाञ्छित गतिविधि नगर्न र कुनै पनि नीजि जीवनमा असर नगर्नलाई अनुरोध गरिन्छ,' उनले भनेका छन् ।
मंगलबार हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले नेपालगञ्जमा कर्फ्यू लगाएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया