‘दिगो विकासको लक्ष्य हासिल गर्न मुख्यतः दक्ष जनशक्तिको आवश्यकता पर्छ’
कनिका छरे जस्तै बजेट छर्दा उपलब्धी ज्यूँका त्यूँ छन्
काठमाडौँ – दिगो विकासको लक्ष्य हासिल गर्न मुख्यतः दक्ष जनशक्तिको आवश्यकता पर्ने सरोकारवालाहरूले पहल गरेका छन् ।
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले बिहीबार दरबारमार्गस्थित होटल याक एण्ड यतीमा सम्पन्न गरेको ‘सीप मूलक तालिमका सम्भावना र योजना’ विषयक नीतिगत छलफल कार्यक्रममा सरोकारवालाहरूले त्यस्तो पहल गरेका हुन् ।
उक्त कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशसरण महत प्रमुख आतिथि रहेका थिए ।
नेपाल साथै विश्वश्रम बजारलाई आवश्यक पर्ने मध्यम तहका जनशक्ति उत्पादन गर्ने र तिनलाई सम्मानीत रोजगारीमा लैजान सहजिकरण गर्ने कामका लागि स्थापना भएका सामाजिक दायित्व सहितका नाफामुखी संस्थाहरुको छाता संगठन नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको नवौ स्थापना दिवसको सन्दर्भ पारेर उक्त नीतिगत छलफल कार्यक्रम सम्पन्न भएको हो ।
अन्तक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले लहडको भरमा भन्दा पनि बजारको मागबमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गरिनुपर्ने बताए ।
मन्त्री महतले औपचारिक शिक्षा भन्दापनि आवश्यकतालाई मध्यनजर गर्दै तोकिएका व्यावसायिक तालिम गर्नुपर्ने समेत जिकिर गरे ।
विश्वश्रम बजारमा नेपालीहरुको बढ्दो आर्कषणलाई सम्मानित र थप दक्षतापूर्ण श्रमिकको रुपमा चिनाउन अहिले चुनौती भएको समेत सरोकारवालालहरूले गुनासो गरेका छन् ।
सरोकारवालाहरूले नेपाली श्रम बजारमा प्रतिबर्ष ५ लाख युवाहरु तयार हुन्छन् तर ति मध्ये बढीमा १०% युवा मात्र तालिमको माध्यमबाट श्रम बजारमा प्रवेश गर्ने र यस्तो अवश्थामा हाम्रो उत्पादन र गुणस्तरीय सेवा प्रभावितहुनु स्वभाविकै भएको उल्लेख गरेका छन् ।
यसरी विद्यालय शिक्षा पूरा गर्न नसकेका यूवाहरुलाई विद्यालयकै पहलमा व्यवशायिक शिक्षासँग जोड्ने कामका लागि कुनै संरचना नभएको र यसले युवाहरुमा अन्योल र विचलन देखिएको सरोकारवालाहरूले बताएका छन् ।
साथै, परम्परागत सीपलाई प्रर्वधन र संरक्षणगर्ने कार्य समेत कही कतै बाट नभएका समेत गुनासो गरेका छन् ।
सरोकारवालाहरूले तालिम प्रदायक संस्था र उद्योग बीचको सम्बन्धको विकास शुरु भएको र यसको गतिशिलता दुबै पक्षको भूमिका र दक्षता र सम्मान र पहिचानमा आधारित हुने जिकिर गरे ।
स्थानिय तहमा रोजगार सेवा केन्द्र स्थापना भएका यद्यपी यसले गति लिन नसकेका सरोकारवालाहरूले गुनासो गरे । सरोकारवालाहरूले गुणस्तरीय सीपमूलक तालिम संचालनका लागि स्थापना भएका निजी संस्थाहरुले ५ अर्व भन्दा बढी लगानी गरेका भएपनि गैर सरकारी संस्था (एनजिओ), यूवाक्लब, राजनैतिक दलका भातृ संगठन, र गैर सरोकारवाला संस्थाहरुले सीपमूलक तालिम संचालन गरीरहेको समेत बताएका छन् ।
यस्ता संस्थासँग पूर्वाधार, जनशक्ति, र व्यवस्थापकीय दक्षता र सीप नभएको बताउँदै सरोकारवालाहरूले हाल विभिन्न १६ वटा मन्त्रालय, विदेशी दातृ संस्था, स्थानियतह, वडा समेतले वेग्रल्ती तालिमहरु संचालन गरी रहेको बताए ।
कार्यक्रममा बाेल्दै महासंघका वरिष्ठ उपाध्यक्ष प्रमाेद बानियाले कनिका छरे जस्तै बजेट छर्दा उपलब्धी ज्यूँका त्यूँ भएकाे बताएका छन् । उनले अर्धदक्ष र दक्ष जनशक्ती उत्पादनमा सरकारकाे ध्यान नगएकाे समेत बताए ।
साथै, देशभरका तालिम तथा रोजगार प्रदायक संस्थाहरुको छाता संगठन नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले विगत नाै वर्षदेखि प्राविधिक तथा सीपमूलक जनशक्ति उत्पादन गर्दै आइरहेको महासचिव छत्र बमले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया