समाज

जोन्टा इन्टरनेशनल डिस्ट्रिक्टको १७ औँ सम्मेलन आजदेखि काठमाडौँमा सुरु

इकागज |
असोज १९, २०८० शुक्रबार १७:१६ बजे

काठमाडौँ- जोन्टा इन्टरनेशनल डिस्ट्रिक्टको १७ औँ सम्मेलन पहिलोपटक आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । शुक्रबार काठमाडौँ आयोजित पत्रकार सम्मेलनमा जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट सम्मेलन ६ देखि ८ गतेसम्म होटल सोल्टीमा हुने जानकारी दिएको हो ।

सम्मेलनमा भारत, बंगलादेश, श्रीलंका, न्युजिल्याण्ड र नेपालका प्रतिनिधिहरू सहभागी हुने छन् । सम्मेलनमा दुई वटा कार्याशालाले मुख्य प्राथमिकता पाउने भएको छ ।


सम्मेलनको उद्घाटन प्रमुख अतिथिको रुपमा  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता हुने छिन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कार्यशालामा विविधता, समानता र कार्याशाला तथा लैङ्गिक समान र जलवायु परिवर्तनका असरबारे छलफल हुनेछ ।

पत्रकार सम्मेलनको उदेश्यबारे  २५ औ डिस्ट्रिक्ट गर्भनर सिर्जना राणाले जलवायु परिवर्तनले ल्याएको असरबारे प्रस्ट पारिन् ।

'जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभाव बाढी र आँधीले ल्याएको असर र यसको रोकथाम गर्नु पनि हामी सबैको दायित्त्व हो,' उनले भनिन्,' जलवायु परिवर्तनले महिलामा कस्तो असर पुर्‍याएको छ त्यस विषयमा पनि छलफल हुनेछ ।'

कार्यशाला प्रत्येक जोन्टियन सदस्यका लागि ठूलो अवसर रहेको राणाको भनाइ छ । सम्मेलन सबै सदस्यको सुझाव र राय लिने उनले बताइन् ।

'सम्मेलनमा प्लाष्टिकको बोतलहरू हुने छैनन्,' राणाले भनिन्,'  वातावरणलाई असर नपुर्‍याउँने सामग्री मात्र प्रयोगमा ल्याइन्छ ।'

जोन्टा इन्टरनेशनले विभिन्न मुलुकमा रहेको उनले जानकारी दिइन् । ६७ मुलुकमा स्थापना भइसकेको छ । १२ सय भन्दा बढी क्लब रहेका छन् । क्लबमा ३० हजार बढी सक्रिय सदस्यहरू रहेका छन् । जोन्टा इन्टरनेशनलको स्थापना सन् १९१९ मा स्थापना भएको हो ।

जोन्टाले महिलाको हक अधिकारका लागि काम गर्दै आइरहेको उनले बताइन् । बाल विवाह न्यूनीकरण र महिला अधिकारको निम्ति यसले विशेष पहल गर्ने गरेको उनको भनाइ छ ।

महिलाहरूको सबै क्षेत्रम पहुँच पुग्नुपर्ने उनले धारणा राखिन् । पुरुषसँगै समान निर्णयको अधिकारका लागि महिला समान रहेको उनले खुलाइन् ।


Author

थप समाचार
x