समाज

अनलाइनमा २४ करोड बढी रुपैयाँको सट्टेबाजी गर्ने युवक पक्राउ

इकागज |
असोज १९, २०८० शुक्रबार १७:४७ बजे

काठमाडौँ- अनलाइनमार्फत २४ करोड बढी रुपैयाँको सट्टेबाजी गराउने एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाका ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो ।

उनले कानुनविपरीत अनलाइनमार्फत २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको सट्टेबाजी गराएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । 


साहलले इन्टरनेटको दुरुपयोग गरी वानएक्स बट, मेलबेट, रुपी बेठ, स्काई चेन्ज, बेलीज बेट, खेल विनलगायत वेबसाइटमार्फत् सट्टेबाजी गराई विभिन्न बैंक खातामार्फत पैसा असुल गर्ने गरेको प्रहरीको भनाइ छ । 

उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने  कसुरमा आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।  


Author

थप समाचार
x