स्काभेटरको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा मृत्यु
रुकुम पश्चिम- रुकुम पश्चिममा स्काभेटरकाे ठक्करबाट घाइते भएका एक बालकको उपचारका क्रममा ज्यान गएको छ । सानीभेरी गाउँपालिका–१० का भरत खड्काका छ वर्षीय छोरा चन्द्रलालको ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
आज शुक्रबार दिउँसाे विद्यालयबाट घर फर्किने क्रममा बालकलाई बा ०१००३ क ९१३० नम्बरकाे डोजरले ठक्कर दिएको थियो । उनी स्थानीय जनसेवा आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए ।
डोजरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । अवस्था गम्भीर भएपछि त्यहाँबाट हेलिकोप्टरमार्फत बाहिर लैजाने तयारी हुँदै गर्दा उनकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।
प्रहरीले डोजर चालक सानीभेरी–८ का २३ वर्षीय धनेशकुमार विकलाई पक्राउ गरेकाे छ । डोजर पनि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया