हुम्लामा तुइन चुडिँदा कर्णाली नदीमा बेपत्ता
फाइल तस्बिर
सुर्खेत- हुम्लामा तुइन चुडिँदा एक जना कर्णाली नदीमा बेपत्ता भएका छन् । सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा ३८ वर्षीय मक्करसिंह बेपत्ता भएका हुन् ।
सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा मक्करसिंह कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका मक्करसिंह काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता भएका हुन् ।
मक्करसिंहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया