प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ- बर्दियाकाे राजपुर नगरपालिका–७ स्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १४ हजार पाँच सय घुस लिएको आरोपमा प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
उपाध्यायले सेवाग्राहीलाई जागिरमा बहाल गराउनका लागि घुस माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार १४ हजार पाँच सय बिगो कायम गरी आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया