समाज

दुर्गा प्रसाईंले भने : एमाले कार्यकर्ताले दुर्व्यवहार गरे

इकागज |
असोज २२, २०८० सोमबार १७:६ बजे

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि कालोमोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप लगाएका छन् ।

प्रसाईंले सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेका थिए ।


प्रसाईंले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन् । आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको उनको भनाइ छ ।

देशमा देखिएका विभिन्न समस्याका विषयमा राखिएको छलफल कार्यक्रमलाई सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा रंग-पानीले भरेको बोतलबाट एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको उनको आरोप छ ।

प्रसाईं आफैँले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए । 


Author

थप समाचार
x