समाज

इजरायलमा १० जना नेपालीहरूको हत्या भएको घटनामा आज राष्ट्रिय शोक मनाइने

इकागज |
असोज २३, २०८० मंगलबार ७:१७ बजे

काठमाडौं - सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । पश्चिम एसियाको राष्ट्र इजरायलमा १० जना नेपालीहरूको हत्या भएको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो । 

सार्वजनिक बिदा नदिई राष्ट्रिय शोकको मात्रै घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन । जसअनुसार आज सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । 


हिजो आकस्मिक रुपमा बसेको विशेष मन्त्रिपरिषद बैठकले इजरायलमा मारिएकाहरुका पीडित परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय पनि थियो ।

पश्चिम एसियाली राष्ट्र इजरायलमा गत शनिबार प्यालेष्टाइनी अतिवादी समूह हमासले अचानक आक्रमण गरे पछि ‘पढ्ने पनि कमाउने पनि’ कार्यक्रममार्फत इजरायल पुगेका १० जना नेपालीको हत्या भएको थियो । सोही हत्याको शोकमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको हो । 

 


Author

थप समाचार
x