समाज

सुनधाराको गेष्‍ट हाउसमा १४ दिनदेखि बसिरहेकी २० वर्षीया युवती मृत फेला

इकागज |
असोज २३, २०८० मंगलबार १५:५२ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- सुनधाराको श्री गुरु गेष्ट हाउसमा १४ दिनदेखि बसिरहेकी एक युवती मृत फेला परेकी छन् । सोमबार ललिलतपुर इमाडोलकी २० वर्षीया भुमिका राउत श्री गुरु गेष्ट हाउसमा मृत अवस्थामा फेला परेकी काठमाडौँ प्रहरीका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

उनी श्री गुरु गेष्ट हाउसमा असोज ८ गतेबाट बस्दै आइरहेकी थिइन् । होटलको ६०४ नम्बर कोठामा मृत फेला परेकी हुन् ।


सोमबार बिहान साढे ८ बजेसम्म कोठाको ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । जनसेवा वृत्तका प्रमुख प्रनाउ भेषराज रिजालको टोलीले झ्यालबाट हेर्दा राउत सुतिरहेकी थिइन् ।

तत्कालै राउतको आफन्तलाई खबर गरिएको उनले जानकारी दिए । उनको आफन्त आएपछि ढोका खोली हेर्दा उनी मृत अवस्थामा फेला परेकी थिइन् । मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको ढुंगेलले बताए ।

 

 


Author

थप समाचार
x