मातृभाषाको शिक्षक दरबन्दी राख्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ- आदिवासी जनजातिलगायत जातीय संस्थाहरूले शिक्षा विधेयकबाट विद्यालयमा मातृभाषाको शिक्षक दरबन्दी राख्ने व्यवस्था गर्न माग गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै उनीहरूले विधेयकमा मागहरू समावेश गर्न आग्रह गरेका हुन् । शिक्षाको धारमा आदिवासी ज्ञान शिक्षाको धार पनि थप गर्न माग गरिएको छ ।
संसद्मा विचाराधीन विधेयकमा साधारण, प्राविधिक र परम्परागत धार हुने उल्लेख छ । परम्परागत धारमा व्यवहारमा अध्ययन/अध्यापन भइरहेको ‘मुन्धुम/मुन्दुम/मुक्दुम’ शिक्षा समावेश गर्न माग गरिएको छ ।
शिक्षकले पाउने चाडपर्व खर्च आ–आफ्ना चाडपर्वमा लिन पाउने व्यवस्था गर्न भनिएको छ । जातीय संस्थाहरूले संविधान र संघीयताको मर्मअनुसार मात्रै शिक्षा विधेयक अघि बढाउन पनि सांसदहरूलाई आग्रह गरेका छन् । जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्न नहुने ती संस्थाहरूको माग छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया