हेटौंडामा साइकल रन प्रतियोगिता हुने
मकवानपु- हेटौंडामा साइकल रन प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका र मकवानपुर जिल्ला साइक्लिङ संघको आयोजनामा दोस्रो संस्करणको साइकल रन प्रतियोगिता हुने भएको हो । असोज २७ गते शनिबार प्रतियोगिता सञ्चालन गर्न लागिएको जिल्ला साइक्लिङ संघले जनाएको छ ।
२५ किलोमिटरको दूरी पार गर्नुपर्ने प्रतियोगितामा १६ वर्ष पूरा भई ६० वर्ष उमेरसम्मकाले भाग लिन पाउने छन् । यस्तै प्रतियोगितामा मकवानपुर जिल्लाका स्थायीवासी नेपाली नागरिकले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता बिहान ७ बजे हेटौंडा–४ हुप्रचौरबाट सुरु हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै प्रोत्साहन पुरस्कार स्वरूप दुई जनालाई १०–१० हजार रुपैयाँ प्रदान गरिने मकवानपुर जिल्ला साइक्लिङ संघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया