समाज

बागमती किनारमा २० वर्षीय युवकको शव फेला

इकागज |
असोज २४, २०८० बुधबार ११:११ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- काठमाडौँको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक युवकको शव भेटिएको छ । बुद्धनगर बस्ने २० वर्षीय बिकास महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् । 

महरा घोप्टो परेको अवस्थामा फेला परेको र निजको साथमा खाली सिरिञ्जको एक थान र मोबाइल रहेको काठमाडौँ प्रहरीका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।


शवलाई पोष्टमार्टमका लागि महाराजगञ्ज शिक्षण अस्पताल लगिएको र मृत्युको कारण नखुलेको उनले बताए । 'महराको मृत्युको थप अनुसन्धान भइरहेको छ,' उनले भने ।

उनी बालाजु गोलढुंगा स्थायी घर भएका हुन् ।

 


Author

थप समाचार
x