स्कुटीकाे डिकीभित्र भेटियाे नोर्फिन, फेनेरागनजस्ता लागूऔषध
भक्तपुर । भक्तपुर नगरपालिका-२ सानोव्यासी औद्योगिक क्षेत्र अगाडि सवारीसाधनहरुको जाँच गर्ने क्रममा एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले विभिन्न सवारी साधनहरुको जाँच गर्ने क्रममा देकोचाबाट कालोपाटीमोडतर्फ जाँदै गरेको बा. प्रदेश ०२–०३४ प. २३२५ नं. को स्कुटी चालक भक्तपुरकै सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक बस्ने वर्ष २८ को सुशान्त अवाललाई पक्राउ गरेको हो ।
उनको स्कुटीको डिकीबाट नोर्फिन – ४५ एम्पुल, डाईजोपाम – ४५ एम्पुल, फेनेरागन – ४५ एम्पुल, प्रयोग नभएको सिरिन्ज – १ थान र प्रयोग भएको सिरिन्ज – ६ थान फेला परेको प्रहरीले जनाएको छ । लागुऔषध फेलापारी स्कुटीसहित नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको परिसरका सूचना अधकिृत बसन्त पाठकले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया