समाज

एमाले जुम्ला उपाध्यक्षविरुद्ध बालयौन दुर्व्यवहार मुद्धा

इकागज |
असोज २४, २०८० बुधबार १५:३ बजे

सुर्खेत । नेकपा एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाहीविरुद्ध बालयौन दुर्व्यवहारको जाहेरी दर्ता भएको छ ।

शाहीले तातोपानीकी एक किशोरीलाई यौन प्रस्ताव गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अडियोमा उनले किशोरीलाई फकाएको र प्रलोभनमा पारेको सुनिन्छ । शाहीविरुद्ध १७ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा जाहेरी दर्ता भएको जुम्ला प्रहरीले जनाएको छ ।


मंगलबार दर्ता भएको जाहेरीका आधारमा बालबालिका विरुद्धको कसुरमा प्रहरीले आवश्यक कारबाही प्रारम्भ गरेको छ । पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएका छन् । जिल्ला प्रहरी‌ कार्यालय जुम्लाका अनुसार उक्त विषयबारे थप अनुसन्धान भइरहेको छ ।


Author

थप समाचार
x