राजमार्गमा बाँदर अत्याधिक देखिएपछि दुर्घटनाको जोखिम बढ्याे
महाेत्तरी । तराईको पूर्व-पश्चिम राजमार्गमा बाँदरको कारण दुर्घटनाकाे खतरा बढेको छ ।
सामुदायिक बन, साझेदारी बन र सागरनाथ बन परियोजनामा रहेका बाँदरहरु सडकभरी उत्रँदा दुर्घटनाकाे खतरा बढेको हो ।
खाना खोज्दै राजमार्गमा निस्किएका सयौं बाँदरहरु यात्रुहरुले खाना दिने आशामा निस्किएका हुन्छन् । विशेषगरी महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दी जाने सडकको बीचका विभिन्न ठाउँमा बाँदरहरुले सडक नै जाम गर्ने गरेका छन् ।
यो बीचमा सागरनाथ बन परियोजनादेखि सामुदायिक बन र साझेदारी बन रहेका छन्, त्यहाँ रहने बाँदरले खानाकाे खाेजीमा राजमार्गमा निस्के पछि हैरानी बढेकाे छ। माइस्थान सामुदायिक बन, टुटेस्वर साझेदारी बन, बाँके मरहा साझेदारी बन, फुलजोर साझेदारी बनहरू यही राजमार्गमा जाेडिएका कारण हैरानी बढेकाे स्थानीय रामप्रसाद सापकाेटाले जानकारी दिए ।
डिभिजन वन कार्यालय महोत्तरीका अधिकृत भिमबिक्रम खडका यात्रुहरुको कारणले पनि बाँदरहरु सडकमा आउने गरेको बताउँछन् । `यात्रुहरुले खाना सडकको छेउमा फ्याक्ने गर्छन र सोही खाना खानका लागी सडकमा उनीहरू आउने गर्दछन्,´ उनले भने । पछिल्लो समय वन अतिक्रमण, फडानी र तस्करीका कारण जंगलका बादरहरु बस्ती पस्न लागेको बनका कर्मचारीहरुको भनाई छ ।
यही अवस्था रहने हो भने सवारी दुर्घटना अधिक हुने जिल्ला ट्राफिक कार्यालयको समेत निष्कर्ष छ । जिल्ला ट्राफिक कार्यालय महोत्तरीका सुचना अधिकारी दिपेश रायका अनुसार पछिल्लो १ महिना भित्र यही राजमार्गमा ३ जनाको मृत्यु भएको छ भने ५२ वटा भन्दा बढी दुर्घटना भएका छन ।
राजमार्गमा निस्केर सडक जाम गर्ने बाँदरहरुको बिषयमा नसोच्ने हो भने मुख्य दुर्घटनाको कारक यही बन्ने यात्रुहरुले सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया