समाज

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

इकागज |
असोज २५, २०८० बिहीबार ११:३७ बजे

फाइल तस्बिर

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि उनी नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।

सोमबारदेखि नै स्वास्थ्य समस्या देखिए पनि उपराष्ट्रपति यादव बुधबार साँझ सिभिल अस्पतालमा भर्ना भएका हुन् । निवासमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो । 


उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेको छ । 
 


Author

थप समाचार
x