समाज

२५३ नेपाली विद्यार्थी लिएर इजरायलबाट उड्यो नेपाल एयरलाइन्स

इकागज |
असोज २५, २०८० बिहीबार १७:३१ बजे

विराटनगर- हमास समूहको अप्रत्याशित आक्रमणमा ज्यान जोगाउन सफल भएका नेपालीहरूमध्ये २५३ जना विद्यार्थी बोकेको नेपाल एयरलाइन्सको जहाज इजरायलको वेन गुरियन विमानस्थलबाट नेपाल उडेको छ ।

नेपाल एयरलाइन्सको एयरबस ए३३०–२४३ अहिले वेन गुरियन विमानस्थलको धावन मार्गबाट नेपाल उडेको हो । उक्त जहाज आजै मध्यरातमा त्रिभुवन विमानस्थलमा उत्रिने जनाइएको छ ।


परराष्ट्रमन्त्री एनपी साउद आफैँ नेपाल एयरलाइन्सको जहाजमा द्वन्द्वग्रस्त इजरायल पुगेका थिए । परराष्ट्र मन्त्रालयले केहीबेरअघि मात्रै ट्विट गर्दै २५३ नेपाली विद्यार्थी बोकेर नेपाल एयरलाइन्सको रेस्क्यू उडान नेपाल फर्किन लागेको जनाएको थियो ।

इजरायलमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीहरूमध्ये १० जनाको हमास समूहको आक्रमणमा परी मृत्यु भएको छ ।


Author

थप समाचार
x