भारत लैजान लागिएका पाँचजना बालिकाको उद्धार
बारा- भारत लैजान लागिएका पाँच जना बालिकाको बारा प्रहरीले उद्धार गरेको छ । करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमबार साँझबाट हराएका पाँच जना बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो ।
भारतको मोतिहारी जिल्ला, पूर्वी चम्पारण ढाका थाना बिक्रमपुर गाउँ बस्ने सत्य ब्रत पालको छोरा कविकुमार पालले उनीहरूलाई भारत लैजान लागेका थिए । सोही क्रममा भारतीय युवक पालबाट बालिकाहरूलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाइएको हो ।
गाउँबाट वर्ष १३ की १ जना, १४ की २ जना, १६ की २ जान गरी पाँच जना बालिका एक साथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए । बालिकाहरूको फोटोसहित प्राप्त सूचनापछि परिचालित प्रहरीले विभिन्न विधिबाट खोजतलास गर्ने क्रममा बुधबार अपरान्ह विरगञ्जमा बालिकाहरू फेला परेका थिए ।
प्रहरीको विशेष टोलीले खोज तलास गर्दै जाँदा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित रानीसति धर्मशाला नजिकैबाट रक्सौलतर्फ जाने क्रममा उनीहरू फेला परेका हन् ।
बालिकाहरूलाई भारत लैजान खोज्ने भारतीय युवक पक्राउ गरी उनीमाथि अनुसन्धान कार्य भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। इन्दीप कोइराला/न्युज कारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया