नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ शाही र तामाङलाई प्रदान
काठमाडौँ - नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) को संयुक्त आयोजनामा नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ प्रदान गरिएको छ ।
प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार यस वर्ष संयुक्तरूपमा दुईजना पत्रकार महिलालाई प्रदान गरिएको हो । दिलमाया शाही (सन्धान अनलाइन, जुम्ला, कर्णाली प्रदेश) र कमला तामाङ ‘पाख्रिन’ (कान्तिपुर टेलिभिजन, सिन्धुपाल्चोक, बागमती प्रदेश) नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
यहाँ आज आयोजित कार्यक्रममा पुरस्कृत पत्रकारलाई बधाई दिँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनमा नेपाली पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरे । उनले अन्य क्षेत्रमा जस्तै पत्रकारितामा पनि सुधारको आवश्यकता रहेको भन्दै आत्मालोचनासहित रुपान्तरण हुनुपर्ने बताए । उनले सञ्चारसम्बन्धी कानुन निर्माणलाई प्रथामिकताका साथ अघि बढाउने बताए ।
पुरस्कार छनोट समितिका संयोजक गोविन्द आचार्यले दुई सय २३ आवेदकमध्येबाट उत्कृष्ट दुई जनालाई छनोट गरिएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया