समाज

सिंजा र दुल्लुबीच भगिनी सम्बन्ध कायम

इकागज |
असोज २६, २०८० शुक्रबार १३:१० बजे

काठमाडाैं । जुम्लाको ऐतिहासिक सिंजा राज्यको सितकालीन राजधानी हालको दुल्लु नगरपालिका र सिंजा गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । संघिय भौतिक पुर्वाधारमन्त्री नन्दा चपाइको उपस्थितीमा दुल्लुका मेयर तथा उपमेयर एवंम सिंजा गाउँपालिकाका अध्यक्ष , उपाध्यक्षको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्पन्न कार्यक्रमले ऐतिहासिक निर्णय गरेको सिंजाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । साथै कार्यक्रममा सिंजा गाउँपालिकाले दुल्लु नगरपालिकालाई सिंजा भ्रमणको लागि निम्तो समेत दिने भएको छ ।  दशैपछि दुल्लु नगरले सिंजाको भ्रमण गरी एक आपसमा विकासको काममा  हातेमालो गर्ने  सहमति भएको छ ।



Author

थप समाचार
x