समाज

मानव अधिकार आयोगमा दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित

इकागज |
असोज २६, २०८० शुक्रबार १५:३ बजे

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएको छ । शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएका हुन् ।

उनले अहिलेसम्म कुल उजुरी १३ हजार २८६ आयोगमा परेको पनि बताए । उहाँले आयोगले सिफारिस गरेको १४ सय ३३ मध्ये पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताए । उनले सिफारिस पूर्ण रुपमा कार्यान्वयन भएका १५.३० प्रतिशत रहेको बताए । उनले आंशिक रुपमा लागू भएका ३९.२ प्रतिशत र लागू नभएको ४५.५ प्रतिशत रहेको रहेको बताए ।


‘हालसम्म कुल उजुरी १३ हजार २८६ आयोगमा आएका छन्, स्थापना कालदेखि । त्यसमा ८० प्रतिशत जति द्वन्द्वसँग नै सम्बन्धित रहेका छन् । हालसम्म कुल निर्णय भएको ९ हजार १३६ निवेदनहरु राष्ट्रिय मानव अधिकार आयोगमा आएका थिए, यसमा निर्णय भइसकेको छ । त्यसमध्ये कुल हामीले सिफारिस गरेको १४ सय ३३ अन्तिम राहत, पीडितलाई क्षतिपूर्ति, विभागीय कारबाही, कारबाही प्रक्रिया, दोषीलाई सजाय आदिमा हामीले १४ सय १३ वटा सिफारिस गरेका छौँ' उनले भने 'हाम्रो सिफारिस पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन पूर्ण रुपमा लागू भएका सिफारिस पूर्ण रुपमा कार्यान्वयन भएका १५.३० प्रतिशत छ । आंशिक रुपमा लागू भएका ३९.२ प्रतिशत छ, लागू नभएको ४५.५ प्रतिशत रहेको छ । हामी आयोगमा जोडिएपछि ९२९ थान निवेदन फस्र्यौट भएका छन् । त्यसमध्ये आयोगले हामी आएपछि २१८ सिफारिस गरेको छ । मुद्दा समाधान हुन बाँकी ४ हजार १५० थान बाँकी छन्, त्यसमध्ये छानबिन भइ निर्णय हुन बाँकी १४ सय ६२ छन् । त्यसमा निर्णयमा पुग्न बाँकी छ । २६ सय ८८ निवेदन अनुसन्धानका क्रममा छन् ।’

अध्यक्ष मगरले आफूहरु आयोगमा आएदेखि २१८ वटा सिफारिस गरेको, मुद्दा समाधान हुन बाँकी ४ हजार १५० थान र छानबिन भइ निर्णय हुन बाँकी १४ सय ६२ रहेको बताए ।


Author

थप समाचार
x