बैंकिङ कसुरमा फरार सर्लाहीका कर्ण पक्राउ
काठमाडौँ- बैंकिङ कसुरमा फरार रहँदै आएका राघबेन्द्रकुमार कर्ण पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका टोलीले उनलाई ललितपुरको बुङमती ५ बाट बिहीबार नियन्त्रणमा लिएको हो ।
सर्लाही लालबन्दी ५ का ४२ वर्षीय कर्णलाई थप अनुसन्धानका लागि आज प्रहरी वृत्त नयाँ बानेश्वरमा पठाइएको कार्यालयले जनाएको छ । अशोक खत्रीले दिएको जाहेरी अनुसार उनलाई पक्राउ गरिएको कार्यालयले प्रस्ट पारेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया