सल्यानमा ट्र्याक्टरले च्यापेर बालकको मृत्यु
सल्यान- ट्र्याक्टरले च्यापिएर सल्यानमा ६ वर्षीय बालकको मृत्यु भएको छ । शारदा नगरपालिका-४ लामाडाँडा घर भएका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ ट्र्याक्टर एक्कासी गुड्दा शुक्रबार बेलुकी साढे ५ बजेतिर चन्दका छोरा दिक्सनको मृत्यु भएको हो ।
ट्र्याक्टर देवबहादुर चन्दकै भएको र बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।
उनका अनुसार ट्र्याक्टर कसरी गुड्यो भन्ने खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लाने तयारी भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया