समाज

मकवानपुरको बकैयामा विषालु च्याउ खाँदा ६ जना बिरामी

इकागज |
असोज २६, २०८० शुक्रबार २०:१९ बजे

मकवानपुर- मकवानपुरको बकैयामा विषालु च्याउ खाँदा ६ जना बिरामी परेका छन् । बकैया गाउँपालिका वडा नं.३ बसनमा घर छेउमा उम्रेको च्याउ खाँदा ६ जना बिरामी परेका हुन् ।

शुक्रबार दिउँसो घर नजिकै उम्रेको च्याउ पकाएर खाँदा २ परिवारका ६ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । च्याउ खाँदा बिरामी हुनेमा स्थानीय ७० वर्षीय सुभे सिंह भोलन, उनको श्रीमती ६५ वर्षीया ठूलीमाया भोलन, उनको छोरा २६ वर्षीय गंगालाल भोलन, ३० वर्षीय निरोज रुम्बा, उनको श्रीमती ३० वर्षीया सम्झना रुम्बा र उनको भाउजू ३६ बर्षीया फुलमाया रुम्बा रहेका छन् ।


बिरामीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।


Author

थप समाचार
x