जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदान गर्ने सेवा सम्बन्धमा अन्तर्क्रिया
मकवानपुर- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको आयोजनामा केन्द्रले प्रदान गर्ने सेवा सम्बन्धमा अन्तरक्रिया गरिएकाे छ । आयुर्वेद सेवा प्रवर्द्धन गर्न शुक्रबार हेटौँडामा पत्रकारसँग अन्तरक्रिया गरिएको हाे ।
अन्तरक्रियामा केन्द्रबाट गत आर्थिक वर्षमा २१ हजार ९ सय ५६ जनाले सेवा लिएको केन्द्रका डा. ललिता पाण्डेले जानकारी दिइन् । ‘बिरामीको संख्या बढ्दो छ,’ उनले भनिन्, ‘हामीले पञ्चकर्म तर्फ ५ सय ३० जनालाई सेवा दिएका छाैं ।’ त्यस्तै, क्षारसुत्र १ सय ६ जनाले सेवा लिएका छन् । उक्त सेवा लिँदा २ हजार ५ सय शुल्क लाग्ने बताइएकाे छ । यसैगरी केन्द्रबाट ७ सय ५२ जना जेष्ठ नागरिकले सेवा लिएका छन् । २ सय १० जनाले स्तनपायी सेवा लिएको जिल्ला आयुर्वेद कार्यालयले जनाएकाे छ ।
केन्द्र प्रमुख डा. ललिता पाण्डेले आव २०७९/८० काे प्रगति विवरणका साथै केन्द्रबाट दिइने सेवाबारे प्रस्तुति गरेकी थिइन् । उनले मकवानपुरका ७ स्थानीय तहमा आफ्नो सेवा विस्तार गरिएको बताइन् । हेटौंडामा ८ वटा क्लिनिक, मनहरी र थाहानगरमा एक/एक वटा क्लिनिक सञ्चालनमा रहेको बताइन् । उनले ५ वटा गाउँपालिकामा भने नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेको जानकारी दिइन् । आयुर्वेद सम्बन्धी कक्षा ९ र १० मा केही जिल्लाहरूमा पढाइ हुने बताउँदै अझै पनि ग्रामीण क्षेत्रमा आयुर्वेद बारे जानकार नभएको उनकाे भनाइ थियाे ।
केन्द्रमा २ हजार २ सय ८ जनाले ल्याव सेवा, १ हजार ९ सय ९७ जनाले फिजियो थेरापी, १ हजार १ सय ९५ जनाले अंकुपञ्चर सेवा लिएको प्रस्तुत गरिएकाे तथ्याङ्कमा उल्लेख छ । पछिल्लो वर्षमा आयुर्वेद स्वास्थ्य सेवा लिने बिरामीको संख्या बढे सँगै केन्द्रमा योग हल नहुनु, जनशक्तिको अभाव हुनु, औषधिको अभाव रहनु, तत्काल आफ्नो भवन नहुनु समस्या रहेको डा. पाण्डेले बताइन् ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलालले आयुर्वेद सेवामा पछिल्लाे समय आकर्षण बढ्दाे रहेकाे बताए । आयुर्वेद सेवालाई थप विस्तार गर्नुपर्ने, सेवाग्राहीकाे चापलाई व्यवस्थित गर्न सुविधासम्पन्न भवनबाट जनशक्तिसहित सेवा प्रदान गर्नुपर्ने उनकाे भनाइ थियाे । कार्यक्रममा आयुर्वेद विज्ञ डा. साइरिस न्याैपानेले पन्चकर्म सम्बन्धमा जानकारी गराउँदै शरीरकाे शुद्धीकरण गर्ने, शरीरलाई पाेषण प्रदान गर्ने र शरीर र मनकाे तनावलाई कम गर्न सकिने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया