भारतीय मोटरसाइकलको ठक्करबाट धनगढीकी एक वृद्धा घाइते
धनगढी- भारतसँग सीमा जोडिएको वनगाउँमा सामान किन्न गएकी वृद्ध महिलालाई ठक्कर दिएर भारतीय नम्बर प्लेटको मोटरसाइकल चालक फरार भएका छन् । दैनिक उपभोग्य सामग्री किन्न भारतको वनगाउँ गएकी धनगढी–३ बोराडाँडीकी ६८ वर्षीया देवकी धानुक मोटरसाइकलको ठक्करबाट घाइते भएकी हुन् ।
वनगाउँबाट गौरिफण्टा नाकासम्म यात्रु ओसार्ने काम गर्दै आएका मोटरसाइकल चालकले हिँड्दै गरेको अवस्थामा ठक्कर दिएर फरार भएको घाइते महिलाका छोरा प्रकाश धानुकले बताए । दुर्घटनामा परी आमाको हात र खुट्टा भाँचिएको उनले बताए । हाल धनगढीस्थित मायामेट्रो अस्पतालमा आमाको उपचार भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया