समाज

'युथ लिडरसिप अचिभर्स' अवार्डबाट सम्मानित हुने सुदन थाापा को हुन् ?

इकागज |
असोज २८, २०८० आइतबार १०:२८ बजे

काठमाडौँ- सिजन मिडियाद्वारा आयोजित कार्यक्रममा 'युथ लिडरसिप अचिभर्स' अवार्डबाट सुदन थापा सम्मानित भएका छन् । शुक्रबार काठमाडौँमा आयोजित सम्मानित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई अवार्ड हस्तान्तरण गरि सम्मानित गरेका हुन् ।

उनी गैरआवासीय नेपाली संघमा आवद्ध छन् । करिब दुई दशकदेखि जापानमा बसोबास गर्दै आएका छन् ।


जापानमा व्यवसाय गर्दै आएका थापा एनआरएनएका पूर्व युवा संयोजक हुन्‌ । युवा संयोजकमा रहँदा उनले विदेशमा बसे नेपाली युवाहरूलाई नेपालको राष्ट्रिय खेलसँग जोडेका थिए । थापाकै पालामा एनआरएनए खेलकुद प्रतिष्ठान गठन भएको थियो ।

एनआरएनए आईसीसी ग्लोबल युवा संयोजक र एनसीसी जापानको अध्यक्ष भइसकेका थापाले आर्थिक पारदर्शी सचिवालय, आर्थिक स्थायित्व, स्मार्ट आर्थिक प्रशासन, एनसीसी आर्थिक प्रशासन, संघको खर्च प्रणालीमा विशेष अडिट प्रणाली, ६ वटै महादेशमा एक लाख डलरको फण्ड स्थापना, एनआरएनए स्पोर्टस् एकेडेमीका लागि ठोस् आर्थिक कार्ययोजना, स्वदेश तथा विदेशमा रहेका युवाहरुका लागि स्वदेशमै लगानी अभियान, एनआरएनएबाट हुने कुनै पनि खरिद वा भुक्तानीमा मासिक प्रमाणीकरण व्यवस्था, आर्थिक अनुशासनका लागि मितव्ययी अर्थ प्रशासन, एनआरएनएको आर्थिक व्यवस्थाका लागि एक बृहत् एनआरएनए फाइनान्स मिटमार्फत आधुनिक आर्थिक प्रशासन नीति निर्माणजस्ता ११ वटा प्रमुख एजेन्डा अघि सारेका छन् ।

उनले एनआरएनएमा आर्थिक रुपान्तरणका लागि आफूलाई मत दिन सबै डेलिगेट्सहरुमा अपिल पनि गरेका छन् । एनआरएनए ११ औं महाधिवेशन अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा हुँदैछ । यसका लागि झण्डै ४ हजार २ सय प्रतिनिधि र उम्मेदवारहरु नेपाल आउनेक्रम सुरु भइसकेको छ ।

 


Author

थप समाचार
x