समाज

सरकार र आन्दोलनरत कर्मचारीबीच १९ बुँदे सहमति, आन्दोलन फिर्ता

इकागज |
असोज २८, २०८० आइतबार १०:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- आन्दोलनरत स्थानीय तहका कर्मचारी र  सरकारबीच सहमति भएको छ । शनिबार राति सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति भएको हो ।

२० बुँदे माग राखेर काठमाडौँमा आन्दोलनरत कर्मचारीहरूसँग वार्ता गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको थियो भने आन्दोलनरत कर्मचारीहरूबाट दीपक गौतम थिए ।


सहमतिपछि स्थानीय तह कर्मचारी संघर्ष समितिले आन्दोलन फिर्ता लिएको छ ।


 


Author

थप समाचार
x