समाज

सुर्खेतमा ५० बोरा अवैध चिनी बरामद

इकागज |
असोज २८, २०८० आइतबार १४:२५ बजे

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५० बोरा अवैध चिनी बरामद गरेको छ । वीरेन्द्रनगरस्थित प्रहरी चौकी सुब्बाकुना चेक पोष्ट अगाडि डिउटीमा खटिएको प्रहरी टोलीले उक्त चिनी बरामद गरेको हो ।

नेपलगञ्जबाट दैलेखतर्फ जाँदै गरेको भे.१ ख.३१४४ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा बिल नभएको लुकाई छिपाई राखेको अवैध चिनीको बोरा फेला परेको प्रहरीले जनाएको छ । ५० केजीको २६ बोरा र २५ के.जी को २४ बोरा गरी जम्मा सानो ठूलो गरी ५० बोरा चिनी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।


उक्त बरामद गरेको चिनीको मूल्य डेढ लाखभन्दा बढीको रहेको शाहीले बताए । बरामद गरिएको चिनी प्रहरी कार्यालयमा ल्याइएको र यसलाई भन्सार कार्यालयमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । 
   

 


Author

थप समाचार
x