रगत संकलनका लागि उपकरणसहितको मोबाइल भ्यान सञ्चालन
बुटवल- रक्तसञ्चार केन्द्र बुटवलले रगत संकलनका लागि मोबाइल भ्यान सुरु गरेको छ । एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उक्त भ्यानको विधिवत् पूजाअर्चना गरी सुरुवात गरे ।
नवदुर्गा अन्तरगतको पहिलो दिन घटस्थापनको अवसर पारेर भ्यानको औपचारिक सुरुवात गरिएको हाे । क्वालिटी युक्त रगत संकलनका लागि आवश्यक उपकरणसहितको भ्यान सेवा सुरु गरिएको रक्तसञ्चार केन्द्र बुटवलका संयोजक मित्रलाल न्यौपानलेले बताए ।
उक्त भ्यानभित्र आकस्मिक रगत दानका लागि ४ वटा बेड, फ्रिज बेशिन एसि, हेमोग्लोविन जाँच गर्ने मेसिन, विपि सेट, ब्लडब्याग मिक्चर, वेट मेसिन लगायतको उपकरणको प्रबन्ध गरिएको छ । गाडिभित्रै पनि रगत दान गर्न र तत्काल फ्रिजमा राख्न सकिने भएकोले रगतको गुणस्तरका लागि पनि भ्यान उपयुक्त हुने रेडक्रस लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनीले बताए । सो अवसरमा उपमहानगरपालिकाका प्रमुख पाण्डेले रक्तसञ्चारको सेवा विस्तारका लागि आफूहरु सधैं साथमा रहेको जिकिर गरे ।
कार्यक्रममा बुटवल उद्याेग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रोटरी क्लब अफ बुटवलका अध्यक्ष करुण खनाल, रेडक्रसका जिल्ला सदस्यहरू वरिष्ठ अधिवक्ता वेनबहादुर पौडेल क्षेत्री, टेकबहादुर थापा, कृष्ण चौहान क्षेत्री, प्रेमबहादुर सुनार, रक्तसञ्चार केन्द्रका सदस्य सचिव राधा शर्मा ज्ञवाली, रक्तसञ्चार सेवा युनिट भैरहवाका प्रमुख पदम बस्याल लगायतको सहभागितामा मोबाइल भ्यानको शुभारम्भ गरिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया