समाज

आजदेखि सुरू भयो सरकारी खसी बोकाको बिक्रि बितरण

इकागज |
असोज २९, २०८० सोमबार ९:४३ बजे

काठमाडौं- आजदेखि काठमाडौँमा खसीबोका र च्याङ्ग्राको बिक्रि बितरण सुरु भएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बडा दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गरेको हो ।


मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्रि बितरण सुरु गर्न लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसी, बोका र च्याङ्ग्रा बिक्री गरिनेछ । 

कम्पनीका अनुसार अहिलेसम्म दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने गरी थापाथलीमा ल्याएको छ । खसी, बोका र च्याङ्ग्रा खरिदका लागि यो वर्ष सरकारले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।


Author

थप समाचार
x