मकवानपुरकाे रातोमाटे नाकामा आजदेखि कुकुरसहितको सुरक्षा जाँच सुरु
मकवानपुर- चाडवाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेकाे मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थान र नाकामा कडाई गर्दै आएकाे छ । मकवानपुर प्रहरीले जिल्ला प्रवेश गर्ने नाका रातोमाटेमा सोमबारबाट कुकुरसहितको जाँच सुरुवात गरेको जनाएकाे छ ।
राजमार्गमा हुने लुटपाटलगायत आपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले कुकुरसहितको विशेष सुरक्षा जाँच गर्न थालिएकाे हाे । असोज २९ गतेदेखि जिल्लाकाे हेटौंडा उपमहानगरपालिका १५ स्थित रातोमाटे चेकपोष्टमा बागमती प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेले तालिम प्राप्त कुकुरसहितकाे जाँच गर्न थालेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरीले नेपालीकाे दसैँ, तिहारलगायतकाे चाडपर्वलाई लक्षित गरी मकवानपुर जिल्लामा प्रवेश गर्ने तथा बाहिरिने सवारी साधनहरूमा प्रतिबन्धित वस्तुहरू पट्का, लागूऔषध, भन्सार छलीका सामानहरू लगायत अन्य विष्फोटक पदार्थहरू समेत ओसार पसार हुन सक्ने भएकोले तालिम प्राप्त कुकुरसहितको विशेष चेकिङ सुरु गरिएको भण्डारीले बताए ।
यसअघि मकवानपुर प्रहरीले चाडवाड लक्षित सुरक्षा याेजना सार्वजनिक गर्दै हेटौंडा १४ रातोमाटेमा एम्बुलेन्ससहितको यात्रु हेल्प डेस्कको स्थापना गरेको छ । त्यस्तै हेटौंडा ११ थानाभर्याङमा चालक निगरानीको लागि अस्थायी रिफ्रेस सेन्टरको स्थापना गरेको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा कुनै पनि यात्रु नठगिउन् भन्ने उद्देश्यले सुमो काउन्टर क्षेत्रमा प्रहरीले यात्रु सहायता कक्षको स्थापना गरेका छ । साथै, आरक्षण सीटको स्टिकर मेटिएका सार्वजनिक यातायातमा स्टिकर टाँस्ने काम समेत गरिएकाे छ ।
चाडपर्व लक्षित सचेतनाका लागि तयार पारिएका जिङ्गलहरू बजार चोकमा मात्र नभई जिल्लाभरिका विद्यालयहरूमा विहानको राष्ट्र गानपछि बजाएर विद्यार्थीहरूलाई जानकारी गराउने गरिएकाे उनले बताए । प्रहरीहरू सुरक्षा नाका, अस्पतालका बिरामी रेफर, लामो दूरी सवारी चेकजाँच, यात्रु सहायक कक्षजस्ता सुरक्षा कार्यमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय हेटौडाले मोटरसाइकल र गाडीसहित ४० जनाको ‘क्वीक रेस्पोन्स टोली बनाई गस्ती र चेकजाँच गरिरहेको मकवानपुर प्रहरीले चाडवाड लक्षित सुरक्षा योजनाका लागि ८ सय १४ जना प्रहरी परिचालन गरिएकाे मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया